
काठमाडौं । नेपालमा रहेका बेलायती नागरिकलाई बेलायत सरकारले फिर्ता लैजाने भएको छ । यसका लागि वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् । संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्याउने दायित्व सरकारले पूरा गर्ने भन्दै उनले नेपालबाट पनि उपयुक्त समयमा आफ्नो नागरिकलाई घर फिर्ता लैजाने बताइन् ।
बेलायतले निःशुल्क भने आफ्ना नागरिकलाई घर लैजाने छैन । यात्रु स्वयंले टिकट काट्ने गरी उडानको व्यवस्थापन भइरहेको उनको भनाइ छ । काठमाडौं बाहिर रहेका बेलायतीलाई काठमाडौंमा सुरक्षित राख्ने व्यवस्था भएको र आफूले नेपाल सरकार तथा बेलायत सरकारसँग नजिकमा रहेर काम गरिरहेको उनले उल्लेख गरेकी छिन् ।
यद्यपि बेलायतले कहिले आफ्नो नागरिकलाई लैजाँदैछ भन्ने बारेमा भने उनले स्पष्ट पारिनन् । पछिल्लो समय लकडाउन अवधि लम्बिएसँगै विभिन्न मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्