×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोभिड-१९ : दाङ आइसोलेसनमा २४, आठ उपचारपछि घर फिर्ता ८

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोभिड-१९ : दाङ आइसोलेसनमा २४, आठ उपचारपछि घर फिर्ता ८

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – दाङमा कोरोना भाइरसको आशंकामा २४ जनाले आइसोलेसनमा भर्ना भएर उपचार गराएका छन् । भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । दश जना अहिले पनि उपचारका क्रममा रहेका छन् । 

पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको बताइएको छ । भर्ना भएकामध्ये छ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर पठाइएको छ भने बेलझुण्डीबाट दुई जनालाई घर फिर्ता गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ । उपचार गराएकामध्ये ११ जनाको स्वाब परीक्षण गरिएको छ ।
‘दाङबाट पठाइएको स्वाबको सबै रिपोर्ट नेगेटिभ आएको छ ।’ उहाँले भन्नुभयो, ‘बेलझुण्डीमा उपचार गराइरहेकामध्ये पाँच जनाको आज स्वाब परीक्षणका लागि नमूना संकलन गर्न लागेका छौँ ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक मात्रै भर्ना भएका छन् । साथै सबै स्थानीय पालिकाले आइसोलेशन अगावै क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन् । 
सबै स्थानीय तहमा क्वारेन्टाइन
दाङका सबै स्थानीय तहले कोरोना भाइरसको न्यूनीकरणका लागि क्वारेन्टाइन निर्माण गरेका छन् । कम्तीमा पाँचदेखि ६० शय्यासम्मका क्वारेन्टाइन छन् ।
भारतबाट आउने धेरै 
कोरोना भाइरसको हल्ला चलेसँंगै भारतबाट फिर्ता हुनेको संख्या धेरै छ । स्थानीय सरकारले संकलन गरेको तथ्यांकानुसार तेस्रो मुलुकको तुलनामा भारतबाट फिर्ता हुनेको संख्या धेरै रहेको हो । दाङका दश स्थानीय तहमा सबैभन्दा बढी भारतबाट फिर्ता हुने नागरिकको संख्या धेरै रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी