×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको सातौं दिन प्रहरीको कडाइ, लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याइयो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लकडाउनको सातौं दिन प्रहरीको कडाइ, लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याइयो…

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लगाएको लकडाउनको सातौं दिन ७ सय ४० जनालाई प्रहरीले उभ्याएको छ । सोमबार बिहान बिना कारण सडकमा निस्किएपछि उपत्यकाको विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएर उभ्याइएको हो ।
आइतबारबाट लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सोमबार काठमाडौंबाट ५ सय ६० पुरुष र ९४ महिला गरी ६ सय ५४ जना, ललितपुरबाट ५९ पुरुष र ९ महिला गरी ६८ जना र भक्तपुरबाट १८ जनालाई उभ्याइएको छ ।
यो अवधिमा उपत्यकाका विभिन्न क्षेत्रबाट ७९ वटा दुई पांग्रे सवारी र ५ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी