×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरभेटिका आफ्नै पीडा : भाडा नै नउठाए बैंकको किस्ता कसरी तिर्ने ? आय स्रोतनै त्यहि हो, के खाने ?

LAXMI SUNRISE BANK

घरभेटिका आफ्नै पीडा : भाडा नै नउठाए बैंकको किस्ता कसरी तिर्ने ? आय स्रोतनै त्यहि हो, के खाने ?

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले एक महिनाको घरभाडा नलिन घरबेटीहरूलाई आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले घरबेटीहरूलाई चैत महिनाको घरभाडा नलिन आग्रहग गर्ने निर्णय भएको जानकारी दिए ।
तर यता घरभेटीहरुले भने आफ्नै पीडा सामाजिक संजालमा पोखिरहेका छन्। ‘भाडा नै नउठाए बैंकको किस्ता कसरी तिर्ने ? आय स्रोतनै त्यहि हो, के खाने ?’ बानेश्वरका एक घरभेटीले लेखेका छन्। यस्ता घरभेटीहरु काठमाडौँमा धेरै रहेको बताइन्छ ।
‘बिजुलीको पैसा मिनाहा भनेको छैन, पानी प्रयोग गर्नुपरिहाल्यो, फोहोरको पैसा उठाउन आइहाल्छ, खानै पर्यो अरु आय स्रोत छैन । अनि भाडा नलिएर हुन्छ ?’ पेप्सीकोलाका अर्का एक घरभेटीले पनि गुनासो पोखेका छन् ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी