×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मास्क नलगाउने महासय’देखि दुई देशका प्रतिनिधिको ‘गुडलक’सम्म, ११ तस्विरमा हेर्नुहोस् नेपाल-चीन सहयोग हस्तान्तरण कार्यक्रम (फोटो-कथा)

PRIME CA

‘मास्क नलगाउने महासय’देखि दुई देशका प्रतिनिधिको ‘गुडलक’सम्म, ११ तस्विरमा हेर्नुहोस् नेपाल-चीन सहयोग हस्तान्तरण कार्यक्रम (फोटो-कथा)

अर्थ सरोकार

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाईन्टी फाईब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ । त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन नाईन्टी फाईब मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाईना सि ए एम सि इन्जिनियरिङ्ग कम्पनि लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।
हेर्नुहोस् कार्यक्रमका झलक फोटो फिचरमा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: