×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीपरिषद् बैठक बस्दै : लकडाउनको अवधि थप्ने तयारी, राहत प्याकेज घोषणा गरिने !

LAXMI SUNRISE BANK

मन्त्रीपरिषद् बैठक बस्दै : लकडाउनको अवधि थप्ने तयारी, राहत प्याकेज घोषणा गरिने !

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रीपरिषदको बैठक बोलाएका छन् । लकडाउनको अवधि थप गर्नेलगायतक विषयमा छलफल हुने बताइएको छ  । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । जुन चैत १८ गते विहान ६ बजेसम्म कायम हुनेछ ।
अहिले कोरोना संक्रमणक संख्या बढेर ५ पुगेको छ । जसमा १ जनालाइ भने निको भइसकेको छ । यो क्रम अझै बढ्ने बताइएको छ । त्यसकारण चैत १८ गतेअघिनै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी पनि गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बुझिएको छ । यस्तै कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गर्ने तयारी छ । भारतमा लकडाउनको अवज्ञा भइरहँदा त्यसको असर नेपालको सीमा क्षेत्रमा नपरोस् भनेर सुरक्षा संयन्त्रलाई सतर्क गराइएको छ ।
यसैगरी चीनबाट ल्याइएका मेडिकल सामग्री कोरोनाको उपचारका लागि तोकिएका र अन्य अस्पतालहरुलाई वितरण गर्ने गरी मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिने पनि बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी