Skip to content
LAXMI SUNRISE BANK

प्रदेश ५ : लकडाउनका नाममा ‘भद्दा मजाक’, कोरोना संक्रमणलाई जनताले सिरियसली लिएनन्, प्रहरी रमिते !

अर्थ सरोकार

कपिलबस्तु – यो तस्विर प्रदेश नम्बर ५ को शिवराज नगरपालिका चन्द्रौटा कृष्णनगर रोडको हो । झट्ट हेर्दा कुनै मेला लागेजस्तो छ तर देश लकडाउनमा छ । अझ प्रहरीको गाडी पनि देखिन्छ त्यहाँ । यसैको साइडमा गुलसन मेडिकल स्टोर छ जहाँ मज्जाले भिड लाग्छ । यसले कोरोनाको संक्रमणको रिस्क बढेको छ । भारतसँग बोर्डरको नजिकै रहंदा पनि यस्तो लापरवाही भएको हो । 
नगरपालिकामा सरकारले घोषणा गरेको ‘लकडाउन’ को उल्लङ्घन हुँदा पनि यहाँ प्रहरी रमिते बनेर बसेको छ । 
यता स्थानीय प्रशासनले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ गरेको छ । तर प्रहरी भने रमिते बनेर बसिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK