गुल्मी । गुल्मीमा भारतबाट आएका ३१ जनालाई कवारेन्टाइनमा राखिएको छ । चारदिन पहिले भारतबाट आएका धुर्कोटका १० जना, इश्माका ११ जना र मालिका गाउँपालिकाका १० जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
धुर्कोट गाउँपालिकाको परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा पाँचजना र निन्युखर्क माध्यमिक विद्यालयमा पाँचजना गरी भारतबाट आएका १० जनालाई गाउँपालिकाले सबै व्यवस्थान गरी क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए । क्वारेनटाइनमा बसेका सबैलाई नयाँ बिस्तारा सेट, अलगअलग साबुन, बाल्टीलगायत उनीहरूले प्रयोग गर्ने सामान अलगअलग रुपमा व्यवस्थापन गरिएको पोखरेलले जानकारी दिए ।
यस्तै मालिका गाउँपालिकाको अर्जे माध्यमिक विद्यालयमा १० जनालाई राखिएको मालिका गाउँपालिका ६ अर्जेका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए। यस्तै इश्मा गाउँपालिकाको सरस्वती निम्न माध्यमिक विद्यालयमा ११ जनालाई गाउँपालिकाले व्यवस्थापन गरी राखेको इश्मा गाउँपालिकाले जनाएको छ। क्वारेन्टाइनमा राखेका सबैलाई सम्बन्धित गाउँपालिकाका भएको र सबै व्यवस्थापन गाउँपालिकाले गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्