×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर लकडाउन हुँदा सेन्चुरी बैंकको चरम लापरवाही ! सरकारी निर्देशनको बेवास्ता गर्दै वृद्धभत्ता बाँड्दै बैंक !

PRIME CA

देशभर लकडाउन हुँदा सेन्चुरी बैंकको चरम लापरवाही ! सरकारी निर्देशनको बेवास्ता गर्दै वृद्धभत्ता बाँड्दै बैंक !

अर्थ सरोकार

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार

काठमाडौँ । देशभर कोरोनाको सन्त्रास छ । सरकारले पूरै देश लक डाउन गरेको छ । ठाउँ ठाउँमा कर्फ्यू लगाईएको छ । बृद्धबृद्धाहरुलाई बढी जोखिम छ । २५ जनाभन्दा बढी एकसाथ जम्मा नहुनु भन्ने सरकारी उर्दी छ । तर यी सब उर्दीहरुलाई ठाडो चुनौती दिंदै सेन्चुरी कर्मर्सियल बैंक लिमिटेड भने ‘डन’ शैलीमा दादागिरी देखाउँदै बृद्धभत्ता बाँडीरहेको छ, त्यो पनि २५ जनाभन्दा बढी वृद्धबृद्धाहरु एक ठाउँमा जम्मा गरेर । 
घटना मोरङ तेतरियाको हो । मोरङस्थित ग्रामथान गाउँपालिकास्थित तेतरियामा रहेको सेन्चुरी कमर्सियल बैंकले यस्तो दादागिरी देखाएको हो। मंगलबार गाउँपालिकाभरिका वृद्धवृद्धाहरु मंगलबार बिहान ८ बजेदेखि नै बैंक परिसरमा आएका थिए। किनकि बैंकले आजकै दिन बैंक बोलाएको थियो । उनीहरु आएपछि यस विषयमा सचेतना दिनु त कहाँ हो कहाँ भकाभक काम गर्न थाल्यो सेन्चुरी बैंक । कतिपयले मास्कसमेत लगाएका थिएनन् । पैसाबाट बढी सर्न सक्ने भनिएको कोरोनाको कुनै वास्ता थिएन । बैक आफ्नै हिसाबले काम गरिरह्यो। 
सरकारले लकडाउन गर्दा तपाईंहरुको किन यस्तो दादागिरी ? हाम्रो प्रश्नमा बैंकका एक कर्मचारी भन्छन्, ‘हिजो बाँडेको ५० वटा टोकनको वृद्धभत्ता वितरण भएको हो । ५० जनालाई मात्र बोलाएको हो ।’ जबकी सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेको छ। बैंक र जनप्रतिनिधिमात्र होइन प्रहरीको पनि मिलेमतो भएकोझैं देखिने यो घटनामा यति ‘रिस्की’ काम हुँदा पनि कसैले वास्ता गरेको देखिएन।
यस्तो घटना देखेका कतिपयले ‘हात धोऔ, मास्क लगाउँ, सेन्चुरी बैंक बहिष्कार गरौँ, कोरोना बाट जोगिऔ’समेत भन्न थालिसकेका छन्। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: