×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मास्क लुकाउने विराटनगरका एक व्यवसायीलाई ३ लाख जरिवाना, ११ हजार ३ सय ५० थान मास्क र सेनिटाइजर बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मास्क लुकाउने विराटनगरका एक व्यवसायीलाई ३ लाख जरिवाना, ११ हजार ३ सय ५० थान मास्क र सेनिटाइजर बरामद

Artha Sarokar

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर – मास्क लुकाएर राखेको अवस्थामा वाणिज्य कार्यालय मोरङले एक व्यक्तिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमनका क्रममा मास्क लुकाएर राखेको भेटिएपछि वाणिज्य कार्यालय मोरङले विराटनगरको श्री सूर्जी इन्पेक्सका सञ्चालकलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । 
विराटनगर–९ घोगापुल चोकबाट अग्रवालले सञ्चालन गरेको श्री सुर्र्जी इन्पेस्कबाट ११ हजार ३ सय ५० थान मास्क र सेनिटाइजर बरामद भएको थियो । आइतबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर लुकाएको पाएपछि सञ्चालक अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालक अनुसार अग्रवाललाई उपभोक्ता संक्षरण ऐन २०७५ अनुसार जरिवाना गरिएको छ । थप अनुसन्धान र कारवाहीका लागि अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी