
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका अन्य मन्त्रीहरुले एक महिनाको तलव नलिने भएका छन् । उक्त तलव उनीहरुले कोरोना विरुद्धको कोषलाई सहयोग गर्ने भएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ५० करोडको फण्ड बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री र मन्त्रीहरुबाट यस्तो निर्णय आएको हो ।
सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युबराज खतिवडाले दिएको जानकारी अनुसार यो कोषमा स्वतफुर्त रुपमा पैसा सर्वसाधारण तथा निजी क्षेत्रले पनि दिन सक्नेछन् । देशभर कोरोना प्रकोपको त्रास फैलिएका बेलामा पनि व्यापारीहरुले कुनै सहयोग नगरेको जनगुनासो आइरहेका बेला यो कोष त्यस्तै सहयोगका लागि एउटा ‘प्लेटफर्म’समेत बन्ने आशा गरिएको छ ।
उक्त कोषमा जम्मा भएको रकम एकद्वार प्रणालीबाट खर्च गरिने सरकारको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्