बीरगञ्ज । हाल भारत बस्दै आएका पर्साको वीरगञ्जका एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको खबर विभिन्न संचारमाध्यममा आएका छन् । तर उक्त समाचार गलत भएको पुष्टी भइसकेको छ। हाल भारतमा रहेका बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको भनी आएको समाचार गलत भएको पुष्टी भएको हो । एक त संक्रमण भएको भनिएका व्यक्ति नेपालमा छैनन् भने अर्कोतर्फ उनलाई संक्रमण नै नभएको अस्पतालले पुष्टी गरेको हो ।