Skip to content
LAXMI SUNRISE BANK

कोरोनाको त्रासमा पनि अव बैंक तथा वित्तीय संस्थाहरु बन्द नहुने, राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

अर्थ सरोकार

काठमाडौं – कोरोनाको त्रासकाबीच अव बैंक तथा वित्तीय संस्थाहरु बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बन्द नगर्न निर्देशन दिएको हो  ।  कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म न्यून कर्मचारीबाट सेवा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले कर्मचारीलाई हुनसक्ने संक्रमण तथा संस्थाको विजिनेश कम्युनिटीलाई मध्यनजर गर्दै यथासंभव न्यूनतम कर्मचारीबाट सेवा सुचारु गर्न, यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम र सिफ्टवाइज वर्क लगायतका व्यवस्था अवलम्बन गर्न निर्देशन दिएकाे हाे । साथै, सेवाग्राहीहरुको भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK