![](https://arthasarokar.com/wp-content/uploads/2020/03/mask.jpg)
ठूला वडालाई ४ र साना वडालाई ३ लाखका दरले बजेट दिईने !
महानगरले ठूला वडालाई ४ लाख र मझौला तथा साना वडालाई ३ लाखका दरले बजेट समेत उपलब्ध गराएको छ । मेयर शाक्यले उक्त बजेट साबुन, मास्क तथा स्यानिटाइजर खरिद गर्न तथा सचेतना जगाउने कार्यक्रम गर्न बजेट विनियोजन गरिएको बताए । यस्तै महानगरका स्वास्थ कर्मीहरुले ठाउँ–ठाउँमा साबुन पानीले हात धुन लगाउनुका साथै स्यानिटाइजरको प्रयोग गर्नसमेत व्यवस्था महानगरले मिलाएको छ ।
आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपलब्ध भएको मास्क वितरण गर्ने र भोलिदेखि वितरण गर्नको लागि मास्क आईएमएस ग्रुपसँग खरिद गर्ने महानगरले जनाएको छ । जसमा नेपाल चेम्बर अफ कमर्शले पनि सहजीकरण गरिदिएकोसमेत शाक्यले बताए । वातावरण व्यवस्थापन विभागका कर्मचारीका लागि पनि महानगरले ३ हजार थान मास्क पठाएको छ । महानगरका कर्मचारीदेखि निजी क्षेत्रबाट फोहोर व्यवस्थापनमा जुटेका कर्मचारीलाई समेत दैनिक माक्सको व्यवस्था गरिएको छ । महानगरले सहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य विभिन्न २१ ठाउँमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी पनि गरेको छ ।