×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यागमन विभागद्वारा आजदेखि सम्पूर्ण सेवा पनि बन्द, भिसा अवधि सकिएकाहरुलाई जरिवाना नलाग्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अध्यागमन विभागद्वारा आजदेखि सम्पूर्ण सेवा पनि बन्द, भिसा अवधि सकिएकाहरुलाई जरिवाना नलाग्ने !

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अध्यागमन विभागले पनि आज (आइतबार)बाट सम्पूर्ण सेवा बन्द गरेको छ । विभागले कोरोना भाइरस (कोभिड-१९)लाइ ध्यानमा राख्दै ९ देखि २१ गतेसम्म सम्पूर्ण सेवा बन्द गरेको हो । सरकार हवाई सेवा बन्द गरेसँगै विभागको कामकाज पनि बन्द गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
यता विभागका महानिर्देशक इश्वर पौडेलले जोखिम न्यूनीकरणका लागि सेवा बन्द गरिएको जानकारी दिए । भिसा अवधि सकिएकाहरुलाई कुनै जरिवाना नलिई कार्यालय खुलेपछि थप गर्ने उनले बताए । एक सातामै १० हजारभन्दा बढी पर्यटकले भीसा अवधि थप गराएको पनि उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी