काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबार खुलाउने निर्णय गरेसँगै नेप्से र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच द्वन्द्व देखिएको छ । नेप्सेका प्रमुख चन्द्रसिंह साउदले संचालक समितिले आइतबार सेयर बजार खुलेको जिकिर गरेपछि नेप्से र बोर्डबीच द्वन्द्व देखिएको हो । आइतबार ५ वटै लगानीकर्ता संघका प्रतिनिधि सेयर बजार बन्द गर्नुपर्ने भन्दै नेप्सेमा थिए । उनीहरुले नेप्सेका सिइओ साउदसँग कारोबार बन्द गर्न माग गर्दा साउदले सरकारका तर्फबाट आधिकारीक पत्र नआएकाले कारोबार नरोक्ने बताएपछि उक्त विषयमा विवाद हुँदा झडपसमेत भएको थियो ।
यता बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार प्रधानमन्त्रीले आम जनताका नाममा सम्बोधन गर्दै सबै कुरा जानकारी दिएसँगै सेयर बजारका लागि बोर्डले अरु केहि नीति निर्देशन फेरी दिनुपर्ने आवश्यकता छैन। ‘प्रधानमन्त्रीको सम्बोधबाट कुरा स्पष्टनै छ’ उनले भने ‘९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका क्षेत्र लकडाउन हुने भनिएको थियो।’ त्यसकारण पनि सेयर बजार स्वतः बन्द हुनुपर्ने हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्