×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रास : काठमाडौंका सपिङ्ग मल पनि बन्द, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष भन्छन् ‘अत्यावश्यक व्यवसायहरु बन्द हुँदैनन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोरोनाको त्रास : काठमाडौंका सपिङ्ग मल पनि बन्द, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष भन्छन् ‘अत्यावश्यक व्यवसायहरु बन्द हुँदैनन्’

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड-१९)ले महामारीको रुप लिएको छ । व्यापार व्यवसाय देखि हरेक कुरामा ठप्प रहेका छन् । यस्तै सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरेको छ । सरकारले भने अनुसारनै आइतबारदेखि काठमाडौं उपत्यकाका अधिकांश व्यापारिक मलहरु बन्द भएका छन् । सरकारले अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्न भने पछि काठमाडौं उपत्याकका व्यापारिक मलहरु आइतबारदेखि बन्द भएका हुन् ।
काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर लगायतका मलहरु बन्द भएका हुन् । सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले शनिबार औपचारिक निर्णय नै गरेर आइतबारदेखि सबै व्यवसाय बन्द गरिएको जानकारी दिए । यस्तै विशाल बजार तथा रन्जना ट्रेड सेन्टर पनि आइतबारदेखि बन्द भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मलहरुका साथै न्यूरोड, महावौद्ध लगायतका क्षेत्रका होलसेल पसलहरु पनि बन्द भएको बताए । 
कटुवालक अनुसार आज अधिकांश पसलहरु बन्द भईसकेका छन् । केहि पसल आज खुलेका छन् ती पनि भोलिबाट बन्द हुने ।’ उनले भने ‘अत्यावश्यक व्यवसायहरु भने बन्द हुँदैनन् ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी