
कैलाली । कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको खबर छ । भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताएका छन्।
उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । खकारको रिपोर्ट सोमबार रिर्पोट आउने बताइएको छ ।
यसअघि प्रकाशित ‘सुदुरपश्चिमबाट आयो दुखद् खबर : भारतबाट आएका ३ जना कोरोनाको आशंकामा अस्पताल भर्ना’ शीर्षक पत्रकार आचारसंहिता विपरित भएको भनी सम्मानित प्रेस काउन्सिल नेपालबाट स्पष्टीकरण सोधिएकोमा त्रुटीलाई मनन गर्दै उक्त हेडलाइन सच्याईएको छ । हाम्रो उद्देश्य कोरोनाबारे जानकारी र सहि सूचना दिनु रहेको स्पष्ट पार्न चाहान्छौं । हाम्रो समाचार शिर्षकले कसै पाठकलाई भय उत्पन्न गराएको वा उत्तेजना निम्त्याएको भए हामी सम्मानित पाठकसमक्ष क्षमा याचना गर्दछौँ । साथै आगामी दिनमा शीर्षक चयनमा सचेत हुने प्रतिबद्धतासम,समेत जनाउँदछौँ ।-सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्