×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : देशभरका सबै अदालत दुई साता बन्द, प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना प्रभाव : देशभरका सबै अदालत दुई साता बन्द, प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने !

Artha Sarokar

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभरका सबै अदालत दुई हप्ताका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस (कोभिड-१९)लाइ ध्यानमा राख्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका हुन् । सर्वोच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता शुक्रबार बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन तर बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने छन् । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो । यस्तै राष्ट्रियसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ भने संघीय संसदका दुवै सदनको बैठकसमेत  स्थगित भएका छन् ।  सरकारले सरकारले कोरोना भाइरसले विश्वएव्यापी रुप लिएपछि विभिन्न कुरामा प्रतिबन्ध लगाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी