
काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १३.५० अंकले बढेर १२६९.३० बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७३ कम्पनीको ५१ लाख ६ हजार ६ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९० करोड ३१ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यस कम्पनीको कुल ३१ करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक भएको छ ।
यता, बिहिबार व्यापार, होटल्स, विकास बैंक, फाइनान्स र म्यनुफ्याक्चार एण्ड प्रोडक्सन उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त र राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्