Skip to content
LAXMI SUNRISE BANK

आइतबारबाट सेयर बजार बन्द हुने, अब कहिले खुल्छ ?

अर्थ सरोकार

काठमाडौं – आइतबारबाट सेयर बजार बन्द हुने भएको छ । नेपालमा समेत कोरोना भाइरसको त्रास बढेसँगै नेपाल धितोपत्र बोर्डले आइतबारबाट सेयर बजार बन्द गर्ने जनाएको हो । 
लगानीकर्ताका ५ वटै संगठन, ब्रोकर एसोसिएसन तथा नेप्सेसमेत सम्मिलित बिहीबारको छलफलबाट उक्त निर्णय गरिएको हो । लगानीकर्ताहरुले सेयर कारोबार बन्द गर्न आग्रह गरेसँगै आइतबारबाट एक हप्ताको लागि सेयर कारोबार बन्द गरिने भएको हो । 
बोर्डलाई एक हप्तासम्म मात्र कारोबार रोक्ने अधिकार रहेको हुनाले एक हप्तापश्चात अर्थमन्त्रालयको स्वीकृति लिएर चैत्र मसान्तसम्मका लागि कारोबार रोक्ने आधिकारिक निर्णय गरिनेछ । यस्तै ५ जनाभन्दा बढीलाई ब्रोकर कार्यालयमा एकसाथ प्रवेश गर्न नदिने र अनिवार्य रूपमा मास्क लगाएर मात्र जानुपर्ने लगायतका व्यवस्था समेत गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK