Skip to content
LAXMI SUNRISE BANK

सेबोनले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई भन्यो, ‘हल्लाका पछाडि नलाग्नुहोस्, निर्धक्क भएर लगानी गर्नुहोस्’

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कोरोना भाइरससँग बजारप्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भएको हुँदा यस्तो हल्लाको पछि नलाग्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ । बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै हल्लाको पछि नलागि बुझेर लगानी गर्न आग्रह गरेको हो ।

‘केही दिनयता धितोपत्र दोस्रो बजारको कारोबार सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले दोस्रो बजार प्राकृतिक रुपमा चल्न दिनुपर्छ भन्ने मान्यता राख्दै बजारको अवस्थालाई निकै गम्भीर भई सूक्ष्म रुपले अध्ययन गरिरहेको छ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बोर्डले पछिल्लो समय बजारलाई कोरोना भाइरससँग जोडेर बजारप्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भइरहेकोप्रति इंगित गर्दै बोर्डले नेपालमा कोरोनाको प्रकोप नदेखिएको र सरकारले रोकथामका लागि पूर्वसावधानीका साथ विभिन्न कदम चलेको सर्वविदितै छ भनेर यसैबीच बजार विकासका लागि बोर्डले सुधारका विभिन्न कार्यहरु अगाडि बढाइरहेको र देशको समष्टिगत आर्थिक अवस्था तथा समग्र सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थासमेत सन्तोषजनक रहेको दाबी गरेको छ । 

यस किसिमको सामान्य अवस्था रहँदारहँदै हतोत्साहित भई हतारहतारमा धितोपत्र बिक्रीसम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको बोर्डले लगानीकर्ताहरुलाई  विज्ञप्तिमार्फत सचेत गराएको छ। धितोपत्र खरिदबिक्रीमा लगानी गर्दा लगानीकर्ताले कम्पनीका बारे विस्तृत रुपमा सुझबुझ तवरले लगानीसम्बन्धी निर्णय लिन पनि बोर्डले विज्ञप्तिमार्फतनै अनुरोध गरेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK