Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार

काठमाडौं – साधना लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । दुवै संस्थाले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यसमध्ये, साधना लघुवित्तले प्रति कित्ता १ सय रुपैयाँ दरको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 

यस्तै, समाज लघुवित्त वित्तीय संस्थाले १ सय रुपैयाँ दरको ८६ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न धितोपत्र बोर्डसंग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि दुवै संस्थाको आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK