×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसको त्रास : नेपाल र हिमालय एयरलाइन्सको मलेसिया उडान स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना भाइरसको त्रास : नेपाल र हिमालय एयरलाइन्सको मलेसिया उडान स्थगित

Artha Sarokar

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ । मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण तथा जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि निगमले क्वालालम्पुरको उडान स्थगित गरेको हो । क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्चबाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
यससँगै, मार्च १७ तारिख र सोभन्दा पछिको उडानका लागि टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने भएको छ । यसैगरी, मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । यसैबीच, निजी लगानीको हिमालय एयरलाइन्सले पनि आगामी मार्च ३१ सम्म क्वालालम्पुर गन्तव्यको उडान स्थगित गरेको जानकारी गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी