×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीद्वारा कपनबाट डेढ लाख मास्क बरामद…

LAXMI SUNRISE BANK

प्रहरीद्वारा कपनबाट डेढ लाख मास्क बरामद…

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रहरीले आइतबार कपनबाट डेढ लाख मास्क बरामद गरेको छ । सोही क्रममा केहि व्यक्ति  पक्राउ पनि परेका छन् । तर उनीहरुको परिचय भने खुलाइएको छैन ।
विश्वभर कोरोना भाइरस फैलिएसँगै नेपालमा भने मास्कमा अत्याधिक कालोबजारी भईरहेको  छ। शनिबार ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए । शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी – ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी