Skip to content
LAXMI SUNRISE BANK

१७ लाख घुससहित नापी कार्यालयका पाँच जना पक्राउ !

अर्थ सरोकार

बुटवल । नापी कार्यालयका एक कर्मचारीसहित पाँच जना १७ लाख घुससहित पक्राउ परेका छन् । रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याल पक्राउ परेका हुन्। 
अख्तियारको टोलीले जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा उनीहरुलाई भैरहवाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK