
काठमाडौँ – लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुले पनि संघको घोषणा गरेका छन्। सञ्चालकहरुले शुक्रबार संघको घोषणा गरेका हुन्। चौतारी लघुवित्तका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा ‘लघुवित्त संघ, नेपाल’को घोषणा गरिएको हो। सञ्चालकहरुले संघको घोषणा गर्दै आगामी दिनमा संघलाइ लघुवित्त महासंघ बनाउने लक्ष्य रहेको बताएका छन्। साथै ‘लघुवित्त संघ, नेपाल’ विशुद्ध गैह्रसरकारी संस्था भएको पनि बताएका छन्।
संघको महासचिवमा जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा रहेका छन्। सचिवमा सूर्योदय लघुवित्तका अनन्त कुमार श्रेष्ठ र कोषाध्यक्षमा आँधिखोला लघुवित्तका नरेश केसी रहेका छन् । यस्तै उपाध्यक्षहरुमामा ग्रामिण लघुवित्तका माणिक रत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी छन्। संघको सदस्यहरुमा वोमि लघुवित्तका बिमला उपाध्यय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्