×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस रकमसहित २ जना पक्राउ

LAXMI SUNRISE BANK

घुस रकमसहित २ जना पक्राउ

२९ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित २ जनालाई पक्राउ गरेको छ। आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। 
पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काममा सहज गरिदिए बापत घुस मागेको उजुरी परेपछि अख्तियारले नियन्त्रणमा लिएको हो। पन्थी र श्रेष्ठबीच घुस बापतको ५ हजार लिने दिने क्रममा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी