×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कानूनविपरीत कुनै पनि गतिविधि नगर्न निर्देशन, श्रमस्वीकृति दिएर मात्रै विदेशीले काम गर्न पाउने

LAXMI SUNRISE BANK

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कानूनविपरीत कुनै पनि गतिविधि नगर्न निर्देशन, श्रमस्वीकृति दिएर मात्रै विदेशीले काम गर्न पाउने

२९ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कानूनविपरीत कुनै पनि गतिविधि नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई समाज कल्याण परिषदले निर्देशन दिएको छ । विना दर्ता एनजीओ र आईएनजीओ सञ्चालन गर्ने, श्रमस्वीकृति नगरेका विदेशीलाई काममा लगाउने तथा कार्यक्रम स्वीकृतलगायतका मापदण्ड पालना नगर्ने प्रवृत्ति बढिरहेका बेला परिषदले प्रचलित कानूनको अधीनमा रही गतिविधि गर्न निर्देशन दिएको हो । सञ्चालन गरिएका कार्यक्रमको लेखापरीक्षण प्रतिवेदन, भौतिक सम्पत्तिलगायतका विवरण पेस गर्न पनि परिषद्ले भनेको छ । त्यस्तै ३ आर्थिक वर्षको सम्पादित कार्य विवरण एक महिनाभित्र पेस गर्न पनि परिषदले एनजीओ/आईएनजीओलाई अनुरोध गरेको छ ।
श्रमस्वीकृति दिएर मात्रै विदेशीलाई काममा लगाउन पाउने
नेपालमा सञ्चालित एनजीओ र आईएनजीओमा विदेशीसमेत आबद्ध हुने गरेका छन् । एनजीओ र आईएनजीओमा कार्यरत त्यस्ता विदेशीले श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ । तर, धेरैजसो विदेशीले विना श्रमस्वीकृति काम गर्ने गरेको पाइएकोले श्रमस्वीकृति लिएर मात्र काम गर्न परिषदले निर्देशन दिएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी