×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNRISE BANK

सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

२९ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच रेमिट्यान्स सेवाका लागि समझौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नेपाल अधिराज्य भर रहेका ८ हजारभन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । साथै, सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।
बैंकले हाल १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी