
काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुर लोकन्थलीस्थित मनहरा फाँटमा रहेको बास्कोटाको घरमा बुधबार बिहान विस्फोट भएको हो । बास्कोटाको निर्माणाधिन घरमा रिमोट कन्ट्रोल प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको कम्पाउण्ड र झ्यालमा क्षति पुगेको छ । प्रहरीका अनुसार छिमेकीको घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा विचौलियासँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँ मन्त्री भएदेखि नै प्रधानमन्त्रीको बालकोटस्थित घरमा बस्दै आउनुभएको छ । विस्फोट कसले र किन गरायो भन्ने आधिकारीक जानकारी प्रहरीले नदिएपनि घटनास्थलमा विप्लव समूहको पर्चा फेला परेकाले विस्फोट उक्त समूहले नै गरेको आशंका गरिएको छ ।











Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्