
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ७३.७८ अंकले बढेर १४२३.०९ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको ५६ लाख २६ हजार ८ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २२ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल २३ करोड ६६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआईसी एसिया बैंक र एनएमबि बैंकको भएको छ ।
यता, बुधबार म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै साल्ट ट्रेडिङ्ग कर्पोरेसन र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर र नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्