काठमाडौं – प्राइम बैंकले ३५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले पर्याप्त सुरक्षा जनाउने केयर एनपी ए माइनस प्रदान गरेको छ ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले जारी गर्ने ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत र बाँकी १४ लाख (सामूहिक लगानी कोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ । बैंकले ८ बर्ष अवधिका लागि बार्षिक १०.५% ब्याजदर उक्त ऋणपत्र जारी गर्न लागेको हो ।
यो ऋणपत्रमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिङले गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन गर्न हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र बिक्रीमा आउनेछ । कति पायो