×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चेक बाउन्सको आरोपमा भोजराज गुरागाईं पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चेक बाउन्सको आरोपमा भोजराज गुरागाईं पक्राउ

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दाङ ।  जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा सुनसरीको इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई प्रहरीले पक्राउ गरेको हो । 


पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रहरीले पक्राउ गरी दाङ ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए । 

गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । गुरागाईंले दिएको तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी