×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम म्याद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम म्याद

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको यो ऋणपत्र आज(बुधबार) कार्यालय समयसम्म मात्र भर्ना पाउने छन् । बैंकले माघ २८ गतेबाट प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको थियो । बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी