Skip to content
LAXMI SUNRISE BANK

बाँकेको चप्पल कारखानामा भीषण आगलागी, झन्डै १० करोड रुपैयाँको क्षतिको अनुमान, बीमा दाबी कति पर्ला ?

अर्थ सरोकार

बाँके  । बाँकेको एक चप्पल कारखानामा भीषण आगलागी भएको छ । जानकी गाउँपालिका–३ मा सञ्चालन भएको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजे आगलागी भएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणका लागि गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास  भएको थियो । अन्तत: आगो नियन्त्रणको काम सफल भएको छ । कारखाना सञ्चालक सिंहले आगलागीबाट आफ्नो कारखानामा रहेका ८–१० करोड रुपैयाँबराबरका मालसामान जलेर नष्ट भएको दाबी गरेका छन् । 
 
यता प्रहरीका अनुसार आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि, मेसिनलगायतका महँगा उपकरण भने जोगाउन सफल भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । ‘तत्काल अन्य निकायसँग समन्वय गरेर हामी परिचालित भयौं र ठूलो क्षति हुनबाट जोगायौं,’ प्रहरी उपरीक्षक ओलीले भने ।
विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीका कारण ठुलो बीमा दाबी पर्ने अनुमान गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK