काठमाडौं । बिश्व सेयर बजारमा भिषण पहिरो गएको छ । विश्वबजारका अधिकांस सूचकहरुमा भारि गिरावट आएसँगै विश्वभरको आर्थिक स्थितिबारे गम्भीर बहस सुरु हुन थालेको छ । एकातर्फ कोरोना प्रकोपको पीरले विश्वलाई ‘थङथिलो’ बनाइरहेका बेला साउदी र रुसबीच तेलको मुल्यमा भएको युद्दले सोमबार बिश्वका सेयरबजारमा भारि गिरावट आएको हो । सोमबार देखिएको गिरावटलाई सन् २००८ को आर्थिक संकटपछिको पहिलो संकटको रुपमा हेरिएको छ । तेलको मुल्यमा आएको गिरावटका कारण सोमबार बिश्वभरका सेयरबजारमा भारि गिरावट आएको जानकारहरुको भनाई छ ।
कुन देशको शेरबजारमा कति गिरावट ?
अन्तर्राष्टिय सञ्चार माध्यमहरुका अनुसार जापानको निक्केइ सूचक पाँच प्रतिशतसम्मले घटेको छ । यता अष्ट्रेलियाको एएसएक्स ७.३ प्रतिशतले घटेको छ । भारतीय सेयर बजारको सूचक पनि सोमबारको सुरुवातमा १६०० अंकले घटेको छ । यता निफ्टि पनि ४५३ अंकले घटेको छ । तेल उत्पादक देशका समुह ओपेक र रुसबीच तेलको मुल्यलाई लिएर देखिएको टकराब अझैं बढ्न सक्ने अनुमानले बिश्वको सेयरबजारलाई ससंकित बनाएको छ । यस्तै अष्ट्रेलियामा सुचिकृत तेल कम्पनी आयल सर्चको सेयर ३१ प्रतिशतसम्मले घटेको छ भने उर्जा फर्म सान्तोसको सेयर मुल्यमा २७ प्रतिशतसम्मको गिरावट आएको छ ।
नेपालमा कस्तो असर पर्ला ?
विश्व बजारमा सेयरबजार घटिरहेको बेला नेपालको सेयरबजारमा भने व्यापक उत्तारचढाव भइरहेको छ । नेपालमा पनि कोरोनाकके त्रास बढिरहेको बेला विश्व बजारमा आएको मन्दीले नेपालमा कस्तो असर पर्ला भन्ने चर्चा सुरु भएको छ । यद्यपी नेपालका विश्लेषक भने नेपालका सेयरबजार अझैं माथि जाने बताइरहेका छन् । ‘विश्वबजारमा आइरहेको मन्दीले नेपालको सेयर बजारमा खास अर्थ नराख्नुपर्ने हो । नेपालको सेयर बजार बढ्ने क्रममा छ, बढ्छ ।’ एक सेयर विश्लेषकले अर्थ सरोकार डटकमसँग भने ।