×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री खतिवडाले राजिनामा दिने

LAXMI SUNRISE BANK

अर्थमन्त्री खतिवडाले राजिनामा दिने

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अर्थमन्त्री डा .युवराज खतिवडाले आज (मंगलबार) राजिनामा दिने भएका छन् । राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिन लागेका हुन् ।
नेकपाको स्थायी समिति बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिसकेको छ । यद्यपी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा उभिएका थिए । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि राजिनामा दिन खतिवडा बाध्य भएका हुन् ।
अर्थमन्त्रीका रुपमा खतिवडा राजनीतिक पृष्ठभुमीका व्यक्ति नभएको र जीवनभर जागिरे भएकाले उनले अर्थतन्त्रलाई भिजन दिन नसकेको आरोप छ । राजश्वका लक्ष्य समेत पुरा गर्न सकेनन् । मध्यमवर्गलाई प्रताडित बनाउने नीतिका कारण पनि उनी अलोकप्रिय भए ।
अहिले राजिनामा दिएपनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी