×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको चैत २ गतेदेखि २० लाख कित्ता ऋणपत्र खुल्ने, अवधि ७ वर्ष, कति पाइन्छ ब्याज ?

LAXMI SUNRISE BANK

नबिल बैंकको चैत २ गतेदेखि २० लाख कित्ता ऋणपत्र खुल्ने, अवधि ७ वर्ष, कति पाइन्छ ब्याज ?

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंकको २० लाख कित्ता ऋणपत्र चैत २ गतेदेखि आउने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा  २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्न लागेको हो । जारी हुने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १२ लाख कित्ता ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । लगानीकर्ताले यस ऋणपत्रमा चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन दिन पाइनेछ । 
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गर्नेछ ।  यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी