×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसले डरलाग्दो रुप लिन थालेपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना भाइरसले डरलाग्दो रुप लिन थालेपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित !

Artha Sarokar

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको हो । मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ।
यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो। चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी