Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्सको ६०% हकप्रद सेयर बिक्री खुल्ला, यी स्थानहरुबाट भर्न पाइने !

अर्थ सरोकार

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सले आइतबार (फागुन १८ गते)बाट ६०% हकप्रद सेयर बिक्री खुल्ला गरेको छ।  कम्पनीले १०० रुपैयाँ दरको १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।


प्रुडेन्सियलले जारी गरेको यो हकप्रदमा लगानीकर्ताले चैत २३ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि माघ २७ बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २६ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । प्रुडेन्सियलको उक्त हकप्रद बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ  । साथै एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकका देशभरका अधिकांश शाखाबाट आवेदन दिन पाइनेछ भने गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाट पनि आवेदन दिन पाइनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK