×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सले २ लाख ५० हजार इकाइ ऋणपत्र जारी गर्ने, वार्षिक १२ प्रतिशत ब्याज पाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुडविल फाइनान्सले २ लाख ५० हजार इकाइ ऋणपत्र जारी गर्ने, वार्षिक १२ प्रतिशत ब्याज पाइने !

Artha Sarokar

१८ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गुडविल फाइनान्स लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाइ ऋणपत्र जारी गर्ने भएको छ। फाइनान्सले फागुन २८ गतेबाट उक्त ऋणपत्र जारी गर्ने भएको हो ।
कम्पनीको सो ऋणपत्रमा लगानीकर्ताले चैत २ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले कुल २ लाख ५० हजार इकाइ ऋणपत्रमध्ये १ लाख लाख इकाईमा सर्वसाधारण लगानीकर्तालाइ बिक्री गर्ने छ भने बाँकी १ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
वार्षिक १२% ब्याज पाइने उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । कम्पनीले ७ वर्ष अवधिको ‘१२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । 
यस फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी एलबीबी’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी