×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको १६४औं शाखा रोल्पाको माडीमा, पुन र गोल्याणद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंकको १६४औं शाखा रोल्पाको माडीमा, पुन र गोल्याणद्वारा उद्घाटन

Artha Sarokar

१६ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । माननीय उर्जा मन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा मिति २०७६ फल्गुन १५ गते माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गर्नु भयो ।
२४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरु द्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको छ ।
बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी