×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीपी मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सीपी मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

१५ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो । 
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाई‌ले जानकारी दिए ।
झापाबाट मैनाली, उनका छोरा सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, नाति एन मैनाली र चालक रामप्रसाद पौडेलसहित काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो । उनीहरू सबैजना घाइते भएका छन् । 
मैनालीको टाउको र शरीरको अन्य भागमा चोट लागेको छ भने बुहारी पुजाको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइते मैनालीलाइ थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी