×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावर ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपिओ आउँदै, विक्री प्रबन्धक नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बलेफी हाइड्रोपावर ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपिओ आउँदै, विक्री प्रबन्धक नियुक्त

Artha Sarokar

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपिओ आउने  भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ दरले ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्ने लागेको हो । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल, हिमालयन क्यापिटल र कुमारी क्यापिटलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो सम्बन्धी कम्पनीले सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे, सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी