Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ – सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउँदै गईरहेको छ । बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो इतिहासकै उच्च मूल्य हो ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार १ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७६ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK