काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको २ करोड १२ लाख ८४ हजार ४ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मल्टिपर्पोज फाइनान्स र युनाइटेड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सबै भन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ करोड २२ लाख ७६१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, मल्टिपर्पोज फाइनान्सको १८ लाख २५ हजार ६४३ कित्ता र युनाईटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।