
काठमाडौँ – नेपाल भ्रमण वर्षको अवसर पारेर तीनदिने खोकना पर्यटन महोत्सव आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका, वडा नम्बर २१ र प्रदेश सरकारको आर्थिक सहयोगमा यहि फागुन ९ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
महोत्सवमा खोकनाको प्राचिन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना र खाजाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहनेछन् । त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय शीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने महोत्सव मूल आयोजक समिटि संयोजक रविन्द्र महर्जनले बताउनुभयो । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न भ्रमण वर्षको अवसर गरेर महोत्सव आयोजना गरिएको संयोजक महर्जनले बताउनुभयो ।
उपत्यकाको शहरबाट नजिकै रहेको खोकना गाउँलाई महत्वपूर्ण ग्रामिण पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ । महोत्सव आयोजनका लागि ललितपुर महानगरपालिकाको १२ लाख ५० हजार, वडा नम्बर २१ को ५ लाख र प्रदेश सरकारको २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध भएको उहाँले बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्