काठमाडौं – आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । कैलाश र महालक्ष्मी विकास बैंकको बोनस सेयर कुल ६३ लाख ८ हजार ६१८.९८ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमध्ये कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता र महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६००.९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।