
सार्वजनिक भएको वित्तीय विवरण अनुसार ग्लोबलले पुस मसान्तसम्ममा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा ६२ करोड २७ लाख रुपैयाँ बढेर २ अर्ब ३६ करोड ९० लाख रहेको पुगेको छ । मर्जरअघिसम्म जनता बैंकले कमाएको नाफासहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ । मर्जर अघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यद्यपि बैंकको खुद ब्याज आम्दानी ४९.०३% र सञ्चालन नाफा ३६.०८% ले बढेका हुन् । १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
कूल निक्षेप १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ रहेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।








प्रतिक्रिया दिनुहोस्